होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीगंगामा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्त हार्दैछन् : कर्ण थापा
Breaking News

बुढीगंगामा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्त हार्दैछन् : कर्ण थापा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगामा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयुक्त हार्दैछन् : कर्ण थापा

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी रहेकै बेला उक्त चुनावमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रमुख निर्वाचन आयोगका प्रमुख आयुक्तले एकसाथ हार्न लागेको टिप्पणी गरेका छन्।

एमाले नेता थापाले वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणना नगरी राज्यसत्ता र न्यायपालिकाको समेत दुरुपयोग गरेर पुनः मतदान गराएका कारण उनीहरुले पराजय भोग्न लागेको आरोप समेथ लगाएका छन्।

सोही नगरपालिकाकावासी समेत रहेका थापाले फेसबूकमा लेखेका छन्, ‘वैशाख ३० गते भएको निर्वाचनको मतगणना भएको भए रंग खाती र खम्ब खाती मात्रै हार्ने थिए । असार २३ गतेको निर्वाचनको परिणामले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, आईजीपी धिरजप्रताप सिंह, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया तथा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिपक कार्की एकसाथ हार्दैछन् । शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको संकल्पलाई मार्गदर्शन मान्दै सूर्यमा मतदान गर्ने मेरा आदरणीय नगरवासीमा शिर निहुर्‍याएर कृतज्ञता व्यक्त गर्दछु । सत्यका विरुद्ध लड्ने मूर्खता नगर्न सबैमा अपिल गर्दछु । विजयी सबैलाई बधाई ! विजयी बन्दै गरेका सबैलाई शुभकामना !’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै