होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • कञ्चनपुरमा प्रशासन कार्यालय अगाडि ठगी धन्दा चलाउने ३ जना पक्राउ
अपराध

कञ्चनपुरमा प्रशासन कार्यालय अगाडि ठगी धन्दा चलाउने ३ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कञ्चनपुरमा प्रशासन कार्यालय अगाडि ठगी धन्दा चलाउने ३ जना पक्राउ

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि नै ठगी गरिरहेका ३ जनालाई पक्राउ गरिएको छ। राहदानीका लागि अनलाइन फारम भर्ने नाममा २ देखि ३ हजार रुपैयाँसम्म असुली गरेको गुनासोपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रशासनको गेट अगाडिबाट २ जना र दूरसञ्चारको गेट अगाडिबाट १ गरी ३ जालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बातए। उनका अनुसार ती सबैले राहदानीको प्रक्रिया छिटो गरिदिने भन्दै पैसा असुल्दै गरेका थिए।

उक्त विषय बाहिर आएपछि अब अनलाइन फारम भर्दा बढीमा २ सय रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै