होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • स्थानीय चुनावलाई मतपत्र छपाइ सुरू, सबैभन्दा ठूलो काठमाडौंको
देश/प्रदेश

स्थानीय चुनावलाई मतपत्र छपाइ सुरू, सबैभन्दा ठूलो काठमाडौंको

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्थानीय चुनावलाई मतपत्र छपाइ सुरू, सबैभन्दा ठूलो काठमाडौंको

वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ।०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए।आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।

राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै