होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • पल शाहको हिरासत अवधि १२ दिन बढ्यो
अपराध

पल शाहको हिरासत अवधि १२ दिन बढ्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पल शाहको हिरासत अवधि १२ दिन बढ्यो

काठमाडौँः नाबालिगको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो।

न्यूनतम २५ दिनभित्र र अधिकतम ३५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। तर, यो अवधि अनुसन्धानका लागि समय चाहिएको हकमा मात्र हो। अनुसन्धान सकिएको अवस्थामा प्रहरीले जुनसुकै दिन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव पठाउन सक्छ। र अदालतमा अभियोग पत्र दर्ता भएपछि बयान लगायतका प्रक्रिया र थुनछेकको बहस सकिएपछि अदालतले अवस्था हेरेर साधारण तारेख, धरौटी या मुद्दा अन्तिम किराना नलागेसम्म कारागारमै राख्न पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिन सक्छ।

नाबालिगको बलात्कारको जाहेरी दर्तापछि शाह पाँच दिन लुकेर गत आइतबार तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनीमाथि म्युजिक भिडियोको सुटिङमा जाँदा तनहुँमा रहेको साथीको घर र गैडाकोट रिसोर्टमा बलात्कार गरेको आरोप छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै