होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा विद्युत मिटरका लागि सधैं सास्ती
समाचार

सुदूरपश्चिममा विद्युत मिटरका लागि सधैं सास्ती

  • नागरिक रैबार
सुदूरपश्चिममा विद्युत मिटरका लागि सधैं सास्ती

धनगढीः सुदूरपश्चिम प्रदेशमा विद्युत मिटर पाउनै सकस भएको छ। गत कार्तिकदेखि विद्युत मिटर वितरण नै ठप्प रहेकोमा फागुन ८ गतेदेखि धनगढी वितरण केन्द्रले मिटर वितरण सुरु गरेको छ। तर मागको आधारमा सहज रुपमा अझै मिटर प्राधिकरणले दिन सकेको छैन।

विद्युत मिटरको माग गर्ने ग्राहकको संख्या धेरै भएकाले समस्या भएको प्राधिकरणले बताएको छ। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रमा तीन हजार र अत्तरिया वितरण केन्द्रमा पाँच सयले मिटर माग गर्दैै निवेदन दर्ता गराएका छन्।

उनीहरुले फागुन ८ गतेदेखि विद्युत मिटर पाउन थालेका छन्। तर सबैले अझै सहज रुपमा विद्युत मिटर पाएका छैनन्। विद्युत मिटरको मागभन्दा आपूर्ति कम भएकाले वितरणमा समस्या भएको प्राधिकरणले बताएको छ। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले विद्युत मिटरको वितरण थालिएको बताए।

विज्ञापन

तर नेपाल विद्युत प्राधिकरणले धेरै मिटर नपठाएकाले सहज नभएको उनले बताए। उनले भने, ‘विद्युत मिटर वितरण सुरु गरिएको छ। तर सहज भएको छैन। कम मात्र विद्युत मिटर आएकाले सबैले पाउने देखिएको छैन।’ घरमा प्रयोग गर्न, सिँचाई तथा उद्योगमा प्रयोग गरिने मिटरको आपूर्ति सहज गर्न प्राधिकरणले नसकेको हो।

नेपाल विद्युत प्राधिकरणले सात लाख नयाँ मिटर खरिद गरेकाले विस्तारै सहज हुने दाबी गरिएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटराईले मिटर वितरण प्रक्रिया अब सहज हुने बताए। उनले भने, ‘हामीसँग विद्युत मिटर थिएन। वितरण गर्न पाएका थिएनांै। सात लाख नयाँ मिटर आएको छ।’

प्राधिकरणले वितरण गर्ने मिटरको मूल्य समेत फरकफरक रहेको पाइएको छ। एकै कम्पनी र एकै प्रयोजनका लागि वितरण हुने मिटरको मूल्य फरक छ। धनगढी वितरण केन्द्रका प्रमुख मण्डलले विद्युतको पोलअनुसार मिटरको मूल्य फरक हुने बताए। उनले भने, ‘विद्युतको मिटरको मुल्य २ हजार जति हो। तर तीन÷चार हजारसम्म पनि हुन्छ। पोलको आधारमा मिटरको मूल्य हुने हो।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै