होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पढाउन छाडेर सुदूरपश्चिमका अधिकांश शिक्षक खुलेआम पार्टीको अधिवेशनमा
Breaking News

पढाउन छाडेर सुदूरपश्चिमका अधिकांश शिक्षक खुलेआम पार्टीको अधिवेशनमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पढाउन छाडेर सुदूरपश्चिमका अधिकांश शिक्षक खुलेआम पार्टीको अधिवेशनमा

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाले नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्नुपर्ने भन्दै जिल्ला सदरमुकाममा रहेका ४ विद्यालयलाई ३ दिन पठनपाठन बन्द गर्न पत्राचार गरेको छ। नगर प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई जिल्ला अधिवेशनका लागि विद्यालयमा विदा गरी भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ।

पार्टीको कार्यक्रम गर्न विद्यालय बन्द गर्न आग्रह गरिएको मात्रै छैन बैतडी लगायत प्रदेशका सबै जिल्लामा रहेका विद्यालयमा कार्यरत केही शिक्षकहरु पार्टी राजनीतिमा खुलेआम लागेका छन्। विद्यालयमा पढाउन छाडेर सुदूरपश्चिमका अधिकांश शिक्षकहरु पार्टीको अधिवेशनमा व्यस्त भएका हुन्। उनीहरु अहिले नेपाली काँग्रेस र नेकपा एमालेको अधिवेशनमा व्यस्त भएका छन्।
शिक्षकजस्तो मार्यादित पेशामा लागेको व्यक्तिले दलीय राजनीति गर्न नहुने प्राध्यापक डाक्टर हेमराज पन्तले बताएका छन्। ‘जनताले तिरेको करबाट तलब खाने शिक्षकहरुले राजनीति गर्नु हुँदैन’ उनले भने, ‘दलीय राजनीतिमा शिक्षक लाग्दा शिक्षाको स्तर खस्किएको छ। संसारको कुनै पनि देशमा शिक्षकले राजनीति गर्दैनन्।’
शिक्षा ऐन २०२८ को दफा १६ को (ङ) र उपदफा ५ को (छ) मा शिक्षकहरूले राजनीतिमा भाग लिन नपाउने व्यवस्था छ। यस्तै, शिक्षा ऐनको दफा १६ (ङ) मा  कुनै पनि शिक्षक राजनीतिक दलको कार्यकारी पदमा बसेको पाइएमा उक्त शिक्षकलाई पदबाट बर्खास्त गरिने उल्लेख छ। तर सुदूरपश्चिमका शिक्षकहरु अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन्। शिक्षकलाई राजनीतिक दलहरुले नै प्रयोग गर्ने गरेको दाबी नेपाल शिक्षक महासंघ कैलालीका सहअध्यक्ष रोमनाथ अधिकारीको छ। ‘शिक्षकहरुमा राजनीतिक चेतना हुनुपर्छ तर राजनीति नै गर्नु त राम्रो होइन’ उनले भने, ‘ राजनीतिक दलहरुले नै शिक्षकहरुलाई प्रयोग गर्ने गरेका छन्।’
शिक्षकले प्रत्यक्ष राजनीति गर्नु विद्यमान कानून विपरीत भएपनि दल तथा शिक्षकहरुले यो कुरा मनन गरेका छैनन्। पढाउन छोडेर शिक्षकहरु दलीय राजनीतिमा लागेको भन्दै धनगढीका स्थानीय प्रमोद पाठक पनि आलोचना गर्छन्। ‘विद्यमान ऐनअनुसार, पार्टीको सक्रिय सदस्यता लिन वा सक्रिय राजनीति गर्नबाट शिक्षक टाढा रहनुपर्ने हो। तर, हाल देशका ठूला राजनीतिक दलको अधिवेशनमा शिक्षकहरू नै धमाधम प्रतिनिधि बनेर आइरहेका छन्।’ उनले भने, ‘शिक्षक हुँ भन्नेले दलगत राजनीति गर्नु ठगी धन्दा चलाउनु जस्तै हो।’दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • २३ मिनेटutes अगाडि

भर्खरै