होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा बेमौसमी वर्षाले दुइ करोड बढीको क्षती
Breaking News

बाजुरामा बेमौसमी वर्षाले दुइ करोड बढीको क्षती

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा बेमौसमी वर्षाले दुइ करोड बढीको क्षती

नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ ।

असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

जिल्लाका ९ वटै पालिकामा दूई करोड ७१ लाख २५ हजार ५५० बराबरको बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराको क्षतीको विवरण सार्वजनिक गरेको छ ।

विज्ञापन

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार धान २ सय ५६ हेक्टरमा ७ सय १५ मेट्रिक टन क्षति भएको हो । त्यस्तै २ हजार २ सय ९ कृषकको करिब २ करोड ७१ लाख २५ हजार ५ सय ५० बराबरको भएको क्षति जस मध्ये धान २ सय ५६ हेक्टरमा ७ सय १५ मेट्रिटनको २ करोड १४ लाख १८ हजार ८ सय र कोदो १३सय ६ हेक्टर २ सय २४ मेट्रिटन ५ लाख ५७ लाख ६ हजार ७ सय ५० रुपैयाँको क्षति भएको विवरण सहित अनुमानित तथ्याङ्क संकलन गरिएको जोशीले बताए ।

सधै खाद्य संकट भोग्नु पर्ने जिल्लाले यस वष थप चुनौती व्यहोर्नु पर्ने अवस्थालाई मध्येनजर गर्दै आवश्यक खाद्यान्न आपूर्ति तथा कृषकहरुलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित सबै पक्षलाई आ–आफ्नो तर्फबाट आवश्यक सहयोग एवं पहँल गर्न कृषि ज्ञान केन्द्रले सबैलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै