होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • खेलकुद
  • साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै
खेलकुद

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

१३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो ।. dildo alipentz

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १-० ले हराएर आफू बलियो रहेको प्रमाणित गरेको थियो ।

विज्ञापन

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार