होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका र जगनाथका २५० जना महिलालाई राहत वितरण
Breaking News

बडीमालिका र जगनाथका २५० जना महिलालाई राहत वितरण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका र जगनाथका २५० जना महिलालाई राहत वितरण

नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बडीमालिका नगरपालिका र जगनाथ गाउँपालिकाका ९ वटा वडाका २ सय ५० जना अति विपन्न तथा सिमान्तकृत महिलाहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ ।

दलित महिला संघ, युएन वमनको सहयोग तथा स्थानीय तहमा सामाजिक विकास कार्यमा कार्यरत संस्थाहरु दलित महिला अधिकार मंच, र नेपाल मधेश फाउण्डेसनको सहकार्य तथा साझेदारीमा संचालित कोभिड १९ को सन्दर्भमा महिला तथा सिमान्तकृत वर्गहरुका लागि बृहत राहत प्याकेज सहयोग कार्यक्रम अन्तरगत बाजुराका उक्त २ वटा पालिकाका २ सय ५० महिलालाई विहिबार र शुक्रबार राहत स्वरुप खाद्यन्न, नुन, तेल, सावुन, चिनि, चना, औषधी, सरफ लगायतका सामाग्री वितरण गरिएको हो ।

कोरोना भाईरस कोभिड १९ का कारण प्रभावित बनेका बडीमालिका नगरपालिकाका ४ वटा वडा १, ५, ७ र ९ नम्बर वडाका १ सय २५ र जगनाथ गाउँपालिकाका १, २, ३, ५ र ६ का १ सय २५ गरी २ वटा पालिकाका २ सय ५० जनालाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको कैलाली बाजुरा जिल्ला कार्यक्रम संयोजक तारिराम टमटाले बताएका छन् ।

विज्ञापन

कार्यक्रम संयोजक टमटाका अनुसार २ वटा पालिकाका ९ वटा वडामा रहेका अति गरिब, विपन्न, दलित, एकल महिला र अपागंता भएका महिलाहरुलाई दलित महिला संघ ( फेडो) बाजुराले छनोट गरेर राहत वितरण गरिएको हो ।

तिहारको मुखैमा राहत सामाग्री पाएपछि स्थानीय महिलाहरु खुसी भएका छन् । बडीमालिका २ कि सुनमति उखेडाले भनिन् प्रत्येक वर्ष तिहार आउँदा तिहार नै नरमाईलो हुन्थ्यो अव यस वर्षको तिहारमा सजिलो हुने भयो उनले खुशी हुँदै भनिन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ५४ मिनेटutes अगाडि

भर्खरै