होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष
राजनीति

बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष

जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले सेतोपाटीलाई बताए।

‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो। अहिले पनि बैठक जारी छ,’ ती नेताले भने।भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिए।

‘आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुन्छ,’ उनले भने।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन्। यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै