होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा १३०२ सक्रिय संक्रमित, हेर्नुस कुन जिल्ला कति?
Breaking News

सुदूरपश्चिममा १३०२ सक्रिय संक्रमित, हेर्नुस कुन जिल्ला कति?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा १३०२ सक्रिय संक्रमित, हेर्नुस कुन जिल्ला कति?

धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना सक्रिय संक्रमित छन्।

यस्तै बझाङमा एक सय २५, कञ्चनपुरमा एक सय २३, दार्चुलामा ८४, डोटीमा ७५, अछाममा ६९, बैतडीमा ५३, डडेल्धुरामा ३९ र बाजुरामा ६ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

विज्ञापन

सुदूरपश्चिममा संक्रमितको संख्या भने ८ हजार पाँच सय ५९ पुगेको छ। सबैभन्दा धेरै कैलालीमा तीन हजार ७४ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार तीन सय ३९ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ।

यस्तै डोटीका एक हजार एक सय ४८, अछामका एक हजार एक सय १७, कञ्चनपुरका नौ सय ३९, बझाङका पाँच सय ७६, बाजुराका चार सय ५९, बैतडीका चार सय ५८, डडेल्धुराका तीन सय ६७ र दार्चुलाका एक सय ५५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ७५ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै