होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो
देश/प्रदेश

थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

  • नागरिक रैबार
थप १२ संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म ११७९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३६३७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्। आजको पीसीआर १३९४७ छ।

विज्ञापन

हाल क्वारेन्टिनमा ४६६६ जना रहेका छन्। त्यस्तै आईसीयूमा उपचाररतको संख्या ३०५ जना भेन्टिलेटरमा ७० जना उपचाररत रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २१७४ जना रहेका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८०९५४ जना पुगेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार