होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका ८६ प्रतिशत संक्रमितले जिते कोरोना
Breaking News

सुदूरपश्चिमका ८६ प्रतिशत संक्रमितले जिते कोरोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका ८६ प्रतिशत संक्रमितले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार जना संक्रमित निको भएका हुन्। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार एक सय ४४ जना निको भएर घर फर्किएका छन्। यस्तै अछामका एक हजार ३१, डोटीका नौँ सय ८३ र कञ्चनपुरका सात सय ६३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ४१, बैतडीका तीन सय ९१, डडेल्धुराका तीन सय २५ र दार्चुलाका ७१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार ४३ रहेको छ। ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय २ रहेको छ।

विज्ञापन

निर्देशनालयका अनुसार डोटीमा एक सय २२, बझाङमा एक सय सात, अछाममा ५२, बैतडी ३३, कंचनपुरमा ८६, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका संक्रिय संक्रमित शून्य रहेको छ।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, कञ्चनपुर, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै