होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • वडा कार्यालयमा लगाएको ताला जवरजस्ती खोलेपछि..
Breaking News

वडा कार्यालयमा लगाएको ताला जवरजस्ती खोलेपछि..

  • नागरिक रैबार
[sharethis-inline-buttons]
वडा कार्यालयमा लगाएको ताला जवरजस्ती खोलेपछि..

नागरिक रैबार/बाजुरा ११ असोज। बडीमालिका नगरपालिका वडा नं. ५ मनाका दलित परिवारले लगाएको ताला सहमति विना खोलिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् ।

No description available.

वडा कार्यालयमा ताला लगाउने पक्षसंग कुनै सल्लाह नगरी प्रहरी प्रशासनको आडमा वडाका केही स्थानीय र वडा सदस्यहरुले आईतबार जवरजस्ती ताला खोलिएपछि स्थानीय आक्रोसित भएका हुन् ।
बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता चयन गर्दा दलित समुदायलाई कुनैपनि योजनामा प्रमुख स्थान नदिएको भन्दै मनाका ४० दलित परिवारहरुले गत विहिबार वडा कार्यालयमा तालावन्दि गरेका थिए ।

वडामा रहेका दलित समुदायलाई वडा कार्यालयबाट वर्षेनी विनियोजन हुने बजेटमा अहिलेसम्म कुनैपनि ठाउँमा नसमेटेको उनीहरुको  स्थानीय पुष्प मिजारले बताएका छन् ।

विज्ञापन

वडाले गत बुधबार वडामा चालू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो ।

यता वडा अध्यक्ष बलबहादुर थापाले भने उनीहरुले लगाएको आरोप कुनैपनि सत्य नभएको बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै