होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका ५७५१ जनाले जिते कोरोना
Breaking News

सुदूरपश्चिमका ५७५१ जनाले जिते कोरोना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका ५७५१ जनाले जिते कोरोना

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमवार कैलालीका चार र डोटीका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

योसंगै प्रदेशमा पाँच हजार सात सय ५१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८३ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका नौँ सय २९, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय नौँ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

विज्ञापन

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार नौँ सय दुई पुगेको छ। उनीहरु मध्ये १५ जनाको मृत्यु भईसकेको छ।

सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय १०, डोटीका एक हजार ५०, अछामका नौँ सय ९४, कञ्चनपुरका सात सय ७५, बाजुरका ६ सय ३०, बझाङका पाँच सय १९, बैतडीका तीन सय ८९, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८७ जनामा संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै