होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • महिला पत्रकारद्धारा एकल महिलालाई खाद्यन्न सहयोग
Breaking News

महिला पत्रकारद्धारा एकल महिलालाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महिला पत्रकारद्धारा एकल महिलालाई खाद्यन्न सहयोग

रामबहादुर विक/बाजुरा ६ भदाै। हरितालिका तीजको अवसरमा बाजुरा जिल्लामा क्रियाशिल महिला पत्रकारहरुले ४ जना एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

बिगतका बर्षहरुमा महिला पत्रकारहरुले दर खाने चलन रहेको भएपनि यस बर्ष विषम परिस्थीति रहेकाले फजुल खर्च नगरेर समस्यामा रहेका एकल महिलाई खाद्यान्न उपलब्ध गराएको नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नन्दा थापाले बताउनु भयो ।

तीजमा फजुल खर्च गर्नु भन्दा विपन्न एकल महिलाहरुलाई खाद्यान्न सहयोग गर्दा खुसि लागेको नेपाल पत्रकार महासंघका महिला उपाध्यक्ष रमा रावलले बताउनु भयो ।

विज्ञापन

नेपाल पत्रकार महासंघ बाजुराको समन्वयमा बडिमालिका नरपालिकाका सीता नेपाली, सारदा खत्री, सुन्दरा धामी, तुला चदारा गरी चारजना एकल महिलालाई प्रति महिला ३० केजी चामल, २ पोका तेल, १ पोका नुन र २ गोटा सावुन वितरण गरिएको बताईएको छ ।

यसैविच बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्टले तिजको अवसरमा एकल महिलालाई खाद्यान्न सहयोग गर्नु भएको छ । हरितालिका तिजको अवसरमा उपप्रमुख बिष्टले वडिमालिका नगरपालिकाका ३ जना एकल महिलालाई खाद्यान्न सहयोग गर्नु भएको हो ।

वडिमालिका नगरपालिका वडा नं २ की सिद्ध नेपाली, वडा नं ७ की नामसरा पाध्याय र वडा नं ८ की गंगा थापालाई जनहि ३० केजी चामल, २ पोका तेल, १ पोका नुन र २ गोटा सावुन वितरण गर्नु भएको हो । तिजमा पजुल खर्च गर्नु भन्दा एकल महिलाका लागि खाद्यान्न सहयोगले एकल महिलाको परिवारलाई केही दिनका लागि भएपनि राहात हुने भएकाले आफुले तिज खर्च कटाएर राहात सहयोग गरेको बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार