होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट हुन्छाैँ: कर्मचारी
Breaking News

बाजुरामा राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट हुन्छाैँ: कर्मचारी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट हुन्छाैँ: कर्मचारी

नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति कर्मचारीहरु माथि विभिन्न आरोप पत्यारोप लगाई प्रमुख जिल्ला अधिकारीलाई बुझाएका ज्ञापन पत्रको विषयमा गम्भिर छलफल सहित पाँच बुदे निर्णय गरेर प्रमुख जिल्ला अधिकारी गँगाप्रसाद न्याैपानेलाइ बुझाएका छन् ।

कर्मचारीहरुकाे पाँच बुदे निर्णयहरु बुझ्दै प्रमुख जिल्ला अधिकारी न्याैपाने कर्मचारीहरु भित्र देखिएको विवाद कर्मचारीहरुले नै समाधान गर्ने भएकाले यसमा राजनीतिक दलहरुले समन्वयकारी भुमिका खेल्नु पर्ने आवश्यक रहेको बताएका थिए ।

विज्ञापन

सिँगाे देश कोराेना भाइरस कोभिड-१९ का विरुद्ध लडिरहेको वर्तमान अवस्थामा सवैले एकताबद्ध भएर आ-आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्नेमा राजनीतिक दलका भातृ सँगठनहरु मार्फत कर्मचारीको मनाेबल गिराउने गरि भएका पछिल्ला घटनाक्रमहरुको ध्यानकर्षण समेत गरेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै