होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मार्तडी बजारमा किटनासक औषधी छर्कियो
Breaking News

मार्तडी बजारमा किटनासक औषधी छर्कियो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मार्तडी बजारमा किटनासक औषधी छर्कियो

नागरिक रैबार/बाजुरा १६ चैत्र। बडीमालिका नगरपालिकाले कोरोना भाईरसको संक्रमण फैलिन नदिन मार्तडी बजार क्षेत्रमा किटनासक औषधि छर्केको छ ।

नगरपालिकाले आईतबार मार्तडीबजार भित्रका सवै गल्ली तथा टोलमा रहेका नालाहरुमा किटनासक औषधी छर्केको हो ।विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोराना भाइरसको सतर्कताको निम्ति नगरपालिकाले मार्तडी बजारका सवै गल्लीमा पुगेर किटनासक औषधि छर्केको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिसहरुको बढी भिड भाड हुने ठाउँहरु लोकतान्त्रिक चोक, दुनीहाटबजार, गैरीबजार, तुफान डाँडा, कारागार बसपार्क एरिया, होटल डिआर मष्ट खेलकुद एरिया र खुलामंच बजारको एरिमा लगायत बजारका अति दुर्गन्धित ठाउँहरुमा किटनासक औषधि छर्किएको नगर प्रमुख बडुवालले बताए ।

विज्ञापन

बडीमालिका नगरपालिकाको समन्वय, कृषि ज्ञान केन्द्र बाजुराको किटनासक औषधी, औषधि छर्किने स्र्पे र समरजित गुल्म र शसत्र प्रहरीको सहकार्यमा मार्तडी बजारमा किटनासक औषधी छर्किएको बताईएको छ ।

मार्तडी बजारमा छरेको किटनासक औषधीले बजार भित्र किरा, ब्याक्टेरिया, भाइरस् मार्ने र कोरोना भाइरसलाई फैलिन नदिने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै