होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अनन्ते मेला भाड्ने पाँच जना कर्मचारी पक्राउ
Breaking News

अनन्ते मेला भाड्ने पाँच जना कर्मचारी पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अनन्ते मेला भाड्ने पाँच जना कर्मचारी पक्राउ

नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलालाई भाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडीमालिका नगरपालिकाका सव इन्जिनियर गोरख थापा,  मेरिस्टोप सेन्टर सस्थामा कार्यरत  धनि थापा, राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत बोहरा, केशव गिरी र जिल्ला सरकारी वकिल कार्यालयका  कार्यालय सहयोगी हरी शंकर जोशी रहेका छन् ।
उनीहरु पाँचै जनाले शनिबार राती मेला लागिरहेको बेला मदिरा सेवन गरेर मेलालाई भाड्ने उद्देश्यले होहल्ला गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै ढुंगा मुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख जनकराज ढुंगानाले बताएका छन् ।
मेलामा शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरीको टोलीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरी सहायक चन्द शक्त घाईते भएका छन् । उनको उपचार जिल्ला अस्पताल बाजुरामा भईरहेको छ ।
बडीमालिका नगरपालिकाले मेलालाई व्यवस्थित गर्न ६० जना स्वंयसेवक समेत परिचालन गरेको थियो । मेलामा मदिरा उत्पादन तथा विक्रि गर्नेलाई ५ हजार र सेवन गर्नेलाई २५ सय जरिभाना तिराउने तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको थियो ।
तर मेलामा मदिरा सेवन गरेर होहल्ला गरि प्रहरीमाथि हातपात गर्ने विरुद्ध कानुन बमोजिम कारवाही गर्नका लागि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै