होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एसईई पूरक परीक्षा तालिका सार्वजनिक
Breaking News

एसईई पूरक परीक्षा तालिका सार्वजनिक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एसईई पूरक परीक्षा तालिका सार्वजनिक

काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ।

गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो।

परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उक्त पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गरिनेछ।

जसअनुसार एक विषयमा मात्र परीक्षार्थीहरूका लागि साउन २६ गते आइतबार पूरक परीक्षा सञ्चालन गरिनेछ भने २७ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि (दोस्रो ठूलो कोड नम्बरको विषय) परीक्षा सञ्चालन गरिनेछ।

यस वर्ष पूरक परीक्षा उक्त दुई दिनमात्र सञ्चालन गरिने पनि परीक्षा बोर्डले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै