
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ अनुसार बडीमालिका नगरपालिका–८ बाजुराका प्रकाश रावल जिल्ला युवा सशक्तिकरण समिति बाजुराको अध्यक्ष पदमा मनोनित भएका छन् ।


मन्त्रालयको २०८३ जेठ २३ गतेको निर्णयअनुसार रावललाई उक्त पदमा मनोनित गरिएको पत्रमार्फत जानकारी गराइएको हो । प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ को उपदफा (२) को खण्ड (क) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख गरिएको छ ।
मन्त्रालयले रावलले प्रचलित कानुनअनुसार तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै युवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
विज्ञापन


मनोनयनपछि विभिन्न व्यक्तिहरू तथा शुभेच्छुकहरूले रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । अध्यक्षमा मनाेनित भएका रावल बडीमालिका ८ का पूर्व वडा अध्यक्ष समेत हुन् । बाजुरामा रावल युवा पुस्तामा लाेकपृय रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु