
बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । प्रतियाेगितामा बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित ५१ पदक प्राप्त गर्दै उपाधि जितेकाे हो ।


यसवर्ष अघि बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेकाे बडीमालिकाले यस वर्षपनि उपाधि जित्न सफल भएकाे हाे ।
जिल्ला खेलकुद समिति, बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको सह–आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न विधामा गराइएको प्रतिस्पर्धामा बडिमालिकाले २० स्वर्ण, २० रजत र ११ कांस्यसहित जम्मा ५१ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो।
विज्ञापन


गत वर्ष बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि बडिमालिकाले नै जित्न सफल भएको थियो। यससँगै लगातार दोस्रो पटक जिल्लाको उत्कृष्ट नतिजा हासिल गर्दै बडिमालिकाले आफ्नो खेलकुद क्षमता पुनः प्रमाणित गरेको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताइन् ।
प्रतियाेगितामा बुढीनन्दा नगरपालिका १८ स्वर्ण, १२ रजत र १७ कास्यसहित जम्मा ४७ पदक प्राप्त गर्दै दाेस्राे र खप्तड छेडेदह गाउँपालिका १५ स्वर्ण, १८ रजत र १७ कास्यसहित ५० पदक प्राप्त गर्दै तेस्राे भएकाे खेलकुद विकास समिति बाजुराले जनाएकाे छ ।
प्रतियोगितामा विजेता र उपविजेता पालिकाका टिम र सहभागी खेलाडीहरु तथा प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।प्रतियाेगिता बैशाख ८ गतेदेखि सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयमा संचालन भएकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु