होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • पेट्रोलियम पदार्थमा कर छुट दिने सरकारकाे निर्णय
Breaking News

पेट्रोलियम पदार्थमा कर छुट दिने सरकारकाे निर्णय

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पेट्रोलियम पदार्थमा कर छुट दिने सरकारकाे निर्णय

सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

भन्सार महसुलबापत पेट्रोलमा २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर लाग्दै आएको छ । त्यस्तै पूर्वाधार करबापत दुवै (पेट्रोल र डिजेल) मा १० रुपैयाँका दरले कर लाग्दै आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।


यो निर्णयसँगै प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५० पैसा र डिजेलमा ११ रुपैयाँ कर छुट हुनेछ । यसअघिसम्म एक लिटर पेट्रोलमा मात्रै ६६ रुपैयाँ ९८ पैसा कर लाग्दै आएको थियो । यस्तै डिजेलमा प्रतिलिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्ने गरेको थियो । यसअन्तर्गत अतिरिक्त मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार कर, मूल्य स्थिरीकरण कोष शुल्क, प्रदूषण कर र हरित कर राज्यले उठाउँदै आइरहेको छ ।

विज्ञापन

त्यस्तै घरेलु उपभोगका लागि प्रयोग हुने एलपी ग्यासको एक सिलिन्डरमा राज्यले ३२४ रुपैयाँ ९५ पैसा कर उठाउँछ । हवाई इन्धनमा पनि प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर राज्यले उठाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै