
बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपटकको चुनावमा कुनै झडप वा विवाद नभएर मतदान प्रकृया सम्पन्न भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्।


जिल्लामा रहेका ८७ हजार ८ सय ६१ जना मतदातामध्ये ४४ हजार ७७३ जनाले मतदान गरेका छन्। जिल्लामा निर्वाचन सम्पन्न गर्न ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र ताेकिएका थिए । ति मतदानस्थलमा आज विवादरहित र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।
निर्वाचनका बेला सधै विवाद हुने जिल्लाका रुपमा परिचय बनाएकाे बाजुरामा यसपटककाे निर्वाचन सुव्यवस्थित तरिकाले सम्पन्न भएकाे हाे ।
विज्ञापन


गएकाे २०७९ काे आम निर्वाचनमा भने त्रिवेणी नगरपालिका–७ मा २ जना युवाले ज्यान गुमाएका थिए । यसपटककाे निर्वाचन सम्पन्न पछि मतपेटिकाहरु सुरक्षितसाथ संकलन गर्ने काम भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ । कार्यालयका अनुसार सवै मतपेटिका सकलन भएपछि मतगणना सूरु गर्नेछ ।
निर्वाचनलाइ भएरहित वातावरणमा सम्पन्न गर्न बाक्लाे संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे थियाे । यसपटककाे निर्वाचनमा भने विगतमा खसेकाे मत भन्दा कम खसेकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु