होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसले जित्ला ?
Breaking News

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसले जित्ला ?

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै, कसले जित्ला ?

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् ।

एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ ।

विज्ञापन

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १४ मिनेटutes अगाडि

भर्खरै