होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक
देश/प्रदेश

रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने रास्वपाले जनाएको छ ।

पार्टी सभापति लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा चलेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले नै पार्टीको नेतृत्व गरिरहेका थिए । आजदेखि भने लामिछाने आफैंले पार्टीको नेतृत्व गर्न लागेका हुन् ।

आजको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रम, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिका लगायतका एजेन्डा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • १ दिन अगाडि

भर्खरै