होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक
देश/प्रदेश

रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

  • नागरिक रैबार
रवि लामिछानेको अध्यक्षतामा बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।

आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने रास्वपाले जनाएको छ ।

पार्टी सभापति लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा चलेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले नै पार्टीको नेतृत्व गरिरहेका थिए । आजदेखि भने लामिछाने आफैंले पार्टीको नेतृत्व गर्न लागेका हुन् ।

आजको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ, लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रम, पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिका लगायतका एजेन्डा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि