नागरिक रैबार/बाजुरा १७ चैत। बाजुरामा प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महाेत्सव २०८१ आजबाट सूरू भएकाे छ । बडीमालिका सामुदायिक विकास समाज बाजुराकाे आयाेजना र बडीमालिका नगरपालिकाकाे प्रवर्द्धनमा उक्त महाेत्सव सूरू भएकाे हाे ।
कृषि जडिबुटी, उद्याेग, पर्यटन, र व्यापार, बडीमालिकाकाे समृद्धिका लागि बिकासकाे आधार भन्ने मुल नाराका साथ सूरू भएकाे महाेत्सव बाजुराका निवर्तमान प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले उद्घाटनमा गरेका छन् ।
१० दिनसम्म संचालन हुने महोत्सवमा स्थानीय उत्पादन र उद्यमी मेला र कला सँस्कृतिको प्रवर्धन र विकास केन्द्रीत प्रस्तुती रहने भएका छन्। स्थानीय कला सँस्कृतिको प्रवद्र्धन, रैथानी खाद्यन्नको पहिचान र उद्यम उत्पादनको बढवा दिनको लागि महोत्सव गर्न लागिएको आयोजक बडीमालिका सामुदायिक विकास समाजका अध्यक्ष अमर बहादुर विकले बताएका छन् ।
उनमा अनुसार महाेत्सवमा कला,संस्कृतिको पहिचान र मौलिकतालाई झल्काउने र पर्यटकीय स्थल बडीमालिकाको प्रर्वधन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएकाे हो ।
महोत्सवमा स्थानीय कला सँस्कृति झल्किने देउडा,बिभिन्न जनचेतनामुलक कार्यक्रम समेत प्रस्तुति रहने आयोजकले बताएका छन् । स्थानीय तथा रैथाने बालीको उत्पादन,प्रचार प्रसार तथा संरक्षण,स्थानीय कला,संस्कृतिको पहिचान र मौलिकतालाई महोत्सवमा मुख्य प्राथामिकता दिईने भएको छ ।बडीमालिकालाई मुख्य पर्यटकीय गन्तब्यको रुपमा विकास गरि दिर्घकालिन रुपमा यहाँको आर्थिक समृद्धिमा टेवा पुर्याउने महोत्सवको मुख्य उदेश्य रहेको छ ।
बडीमालिका सामुदायिक विकास समाज बाजुराका अध्यक्ष अमर बहादुर विश्वकर्माको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि निवर्तमान सांसद लालबहादुर थापा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहेका थिए ।
त्यस्तै कार्यक्रममा गाैमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया, बडीमालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, गाैमुल उपाध्यक्ष सिता थापा, काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, एमाले बाजुराका अध्यक्ष लालबहादुर अोली, सचिव काँशी विक, नेकपा माआोवादी केन्द्रका प्रतिनिधि चन्द्र थापा, बडीमालिका ६ का अध्यक्ष कृष्णबहादुर खड्का, ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का वडा अध्यक्ष सूर्यकिरण विक, नेपाल पत्रकार महासंघ बाजुरा उपाध्यक्ष रमित विक लगायत जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेकाे थियो ।
कार्यक्रमको पहिलो दिन विपना सिंह नरेन्द्रराज रेग्मी, लक्ष्मण अधिकारीले प्रस्तुति दिएका थिए । कार्यक्रमको संचालन महोत्सव मुल आयोजक समितिका सदस्य रमेश विकले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु