होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमालेले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रम गर्ने
Breaking News

एमालेले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रम गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमालेले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रम गर्ने

नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ ।

एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन जारी गरेको हो ।

शुभदिपावलीको अवसरमा पालिका र वडा कमिटीद्धारा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित सहयोगलाई ५० प्रतिशत वडा कमिटीमा र २० प्रतिशत पालिका कमिटी र ३० प्रतिशत रकम जिल्ला कमिटीमा बुझाउनु पर्ने पार्टी सचिव काँशी विकद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै एमाले बाजुराले जारी गरेका आचारसंहिता, पार्टीको सरकार हुँदा गरेका काम, गरिने कार्यक्रम, पार्टीका नीति, योजना, विचारमा आधारित गीत, भट्याउने चुट्का आदि बनाएर आ-आफ्नो तोकिएका वडामा गाउँदै, नाच्दै देउसी भैलो कार्यक्रमको आयोजना बनाउन कार्यकर्तालाई आग्रह समेत गरिएको छ ।

विज्ञापन

२०८१ कार्तिक १० गते अगाडि नै वडा कमिटीका बैठक गरी योजना बनाएर सभ्य, विनयशील, जनतासँग मीठो वचन बोलेर मुस्कानका साथ देउसी भैलोको आयोजना गर्न एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

देउसी भैलो कार्यक्रमको आयोजनामा जनताले जे दिन्छन्, जति दिन्छन्, सहर्ष स्वीकार गरेर देउसीको अन्तिम दिन जनताले प्रदान गरेको सहयोगको मात्रा सार्वजनिक गर्न पार्टीले मातहतका कमिटीलाई जानकारी गराएका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार