नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को आयोजना हुने भएको छ ।
वडा नम्वर ८ को आयोजना र बडीमालिका युवा परिषदको समन्वयमा कार्तिक ४ गतेबाट संचालन हुने गरी वडा अध्यक्ष कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो ।
बडा दशै तथा शुभ दिपावली २०८१ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।
प्रतियोगिताबाट विजेता टिमलाई नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यस्तै प्रतियोगिताको उपविजेता टिमलाई १५ हजार नगदसहित ट्रफि मेडल र प्रमाण पत्र दिईने छ भने खेलको उत्कृष्ट हरुलाई सम्मान समेत गरिने भएको छ ।
प्रतियोगितामा बडीमालिका नगरपालिकाभित्रका सम्बन्धित वडाका खेलाडीहरुलाई वडाको सिफारिस र परिचय पत्रका आधारमा खेलमा सहभागि गराइने र प्रतियोगितामा सहभागि गराइने आयोजकले बताएको छ । प्रतियोगिता मालिका माविको खेलमैदानमा आयोजना गरिने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु