नागरिक रैबार/बाजुरा १६ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाका पुर्व जनप्रतिनीधीलाई सम्मानित गरेकाे छ । नगरपालिकाकाे समग्र बिकासमा योगदान पुर्याएको भन्दै निवर्तमान नगर प्रमुख पदम बडुवाल, उपप्रमख कबिता बिष्ट, वडाअध्यक्षहरु, वडा सदस्य, पुर्व कार्यपालिका सदस्यहरुलाइ एकै साथ सम्मानित गरेको हो ।
पुर्व जनप्रतिनिधीहरुले पालिकाका बिकासमा जग बिसाउन देखि नगरलाइ लयमा ल्याउन अतुलनिय याेगदान गरेकाे भन्दै नगरपालिकाकाे १० औं स्थापना दिवसको अवसरमा सम्मान पत्र सहित सम्मान गरेकाे नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
बाजुराको पहिलो नगरपालिकाका रुपमा २०७१ साल मसिर १६ आजकै दिनमा घोषणा भएको बडीमालिका नगरपालिकाले स्थापनाको १० औं वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु