होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछानेलाई ७२ प्रतिशत मत
समाचार

रवि लामिछानेलाई ७२ प्रतिशत मत

  • नागरिक रैबार
रवि लामिछानेलाई ७२ प्रतिशत मत

चितवन — चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम गरे ।

तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए । कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आयो ।

दुई पालिकाको अन्तिम मत परिणाम आउँदा लामिछाने एक्लैलाई ७२ प्रतिशत मत गएको छ । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुने छ । मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी हुँदै गर्दा ५९ प्रतिशतको हाराहारीमा मत ल्याएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार