होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालुवाटार बैठक : राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत !
समाचार

बालुवाटार बैठक : राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत !

  • नागरिक रैबार
बालुवाटार बैठक : राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएको एक नेताले बताए । उनले एमाले आफै सरकारबाट बाहिरियोस् भन्ने चाहना रहेको उल्लेख गर्दै त्यसपछि प्रदेशसम्मको समीकरणमा बदलाव आउन सक्ने धारणा राखेका थिए ।

फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।उनले ठूलो दलको हैसियतले राष्ट्रपति दिनु उचित हुने धारणा राखेका थिए । प्रधानमन्त्री कसले कति चलाउने लगायतका विषयमा भनेपछि छलफल हुने प्रचण्डको भनाइ थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै