होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ
स्वास्थ्य-जीवनशैली

नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

  • नागरिक रैबार
नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।

सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो । अनलाइनखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार