होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा अमृत जाेशीलाई ताेकियाे
समाचार

बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा अमृत जाेशीलाई ताेकियाे

  • नागरिक रैबार
बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा अमृत जाेशीलाई ताेकियाे

नागरिक रैबार/बाजुरा ६ साउन । नेकपा एमाले निकट बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा युवा नेता अमृत जाेशीलाई ताेकिएकाे छ ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे हिजाे बसेकाे दाेस्राे पूर्ण बैठकले जाेशीलाई बाजुरा जिल्लाकाे युथ फाेर्स विभागकाे प्रमुखकाे जिम्मेवारी ताेकेकाे सचिव विस्न कार्किले बताए ।

त्यस्तै साेहि विभागकाे उपप्रमुखमा अर्जुन कविन्द्र बाेहरालाई जिम्मेवारी दिईएकाे हाे ।

विज्ञापन

गाैमुल गाउँपालिका ६ मा घर भएका जाेशीले यस अघिकाे राष्ट्रिय युवा संघ नेपालकाे जिल्ला कमिटी सचिवालय सदस्य रहेर काम गरेका थिए ।

२०७९ काे स्थानीय तह, संघ र प्रदेशकाे निर्वाचनमा समेत जाेशिले नेकपा एमालेलाई विजयी गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपाल बाजुराले विभिन्न ९ वटा विभागहरु गठन गरेको छ । जसमा संगठन विभाग प्रमुखमा अध्यक्ष मिलनजंग अयडी, उपप्रमुखमा इन्द्रबहादुर थापालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै राष्ट्रिय युवा संघ नेपालको प्रचार प्रसार विभाग प्रमुख करन भण्डारी र उपप्रमुखमा राजकुमार थापा छन् ।

त्यस्तै साइवर विभाग अन्तरगत नरेश बडुवालाई प्रमुख र उपप्रमुखको जिम्मेवारी भरत रोकायालाई दिईएको छ । महिला विभाग तर्फ संगिता विश्वकर्मालाई प्रमुख र निर्मला बुढालाई उपप्रमुख तोकिएको छ ।

रचनात्मक तथा सांस्कृतिक विभाग तर्फ विपना विश्वकर्मालाई प्रमुख र करिस्मा रोकायालाई उपप्रमुख, विपदव्यवस्थापन विभाग तर्फ समुन्द्र शाही प्रमुख, पारस रोकाया उपप्रमुख रहेका छन् ।

त्यसै गरी खेलकुद विभाग अन्तरगत क्षितिज जंग शाही प्रमुख, खगेन्द्र विष्ट उपप्रमुख र प्रशिक्षण विभाग तर्फ मदन रोकायालाई प्रमुख र उपप्रमुखमा राजेन्द्र रावतलाई जिम्मेवारी दिईएको राष्ट्रिय युवा संघ नेपाल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार