होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राष्ट्रिय युवा संघ नेपालले पायो पूर्णता (विवरणसहित)
समाचार

बाजुरामा राष्ट्रिय युवा संघ नेपालले पायो पूर्णता (विवरणसहित)

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय युवा संघ नेपालले पायो पूर्णता (विवरणसहित)

नागरिक रैबार/बाजुरा ६ साउन।नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपाल बाजुरा जिल्ला कमिटीले पूणर्ता पाएको छ ।

साउन ६ गते (हिजो) राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका अध्यक्ष मिलन जंग अयडीको अध्यक्षतामा र केन्द्रिय कमिटी उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यता र नेकपा एमाले बाजुराका सचिव भरत थापा र राष्ट्रिय युवा स‌घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी स‌याेजक  बसेको दोस्रो पूर्ण बैठकले मिलन जंग अयडीको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी विस्तार गरेसंगै युवा संघले बाजुरामा पूणर्ता पाएको सचिव विष्न बहादुर कार्कीले बताएका छन् ।

। यस्तै कमिटीको उपाध्यक्षमा क्षितिजजंग शाही, सचिव विष्न बहादुर कार्की, सहसचिवमा महेन्द्र बहादुर शाही, विक्रम ओली, कोषाध्यक्षमा रोहित बहादुर राना सदस्य अमृत कुमार जोशी लगायत ७५ जना रहेका छन् ।

विज्ञापन

यस्तै बैठकले १९ सदस्यीय जिल्ला कमिटी सचिवालय समेत गठन गरेको छ । प्रदेश निर्वाचन क्षेत्र अन्तरगत प्रदेश (क) मा सुरेन्द्र रोकाया संयोजक र दिनेश नाथ योगी सहसंयोजक र प्रदेश निर्वाचन क्षेत्र (ख) मा ओमकार बोहरा संयोजक र मदन रोकायालाई सहसंयोजकको जिम्मेवारी दिएको छ ।

त्यसैगरी जिल्लाका ९ वटै स्थानीय तहमा राष्ट्रिय युवा संघले पालिका इन्चार्ज र सह इन्चार्ज तोकेको सचिव कार्कीले जानकारी दिए ।

उनका अनुसार बडीमालिका नगरपालिकाको इन्चार्जमा दल नेपाली, सहइन्चार्ज टेकबहादुर साउँद, बुढीनन्दामा इन्चार्ज बसन्त शाही, सहज इन्चार्ज गोरख रोकाया, स्वामीकार्तिक खापर गाउँपालिकामा नरेश शाही इन्चार्ज, सन्तोष सिंह सहइन्चार्ज, जगन्नाथमा गाेकुल शाही इन्चार्ज, इश्वर विष्ट सह इन्चार्ज, हिमाली गाउँपालिका इन्चार्ज टेकेन्द्र बुढा, सह इन्चार्ज दत्त मल्ल, गौमुल गाउँपालिका इन्चार्ज मनोज बोहरा, सह इन्चार्ज मिनबहादुर रोकाया, खप्तड क्षेडेदह गाउँपालिका इन्चार्ज राजेन्द्र रावत सह इन्चार्ज महेश धामी, त्रिवेणी नगरपालिका इन्चार्ज नहकुल साउँद, सह इन्चार्ज प्रविन बम, र बुढीगंगा नगरपालिकामा इन्चार्ज इन्द्र बहादुर थापा र सह इन्चार्ज भरत शर्मालाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै गरी राष्ट्रिय युवा संघ नेपाल बाजुराले विभिन्न ९ वटा विभागहरु गठन गरेको छ । जसमा संगठन विभाग प्रमुखमा अध्यक्ष मिलनजंग अयडी, उपप्रमुखमा इन्द्रबहादुर थापालाई जिम्मेवारी तोकिएको छ । त्यस्तै युथ फोर्स विभाग प्रमुखमा अमृत जोशी उपप्रमुखमा अर्जुन भण्डारी र कविन्द्र बोहरा रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको प्रचार प्रसार विभाग प्रमुख करन भण्डारी र उपप्रमुखमा राजकुमार थापा छन् । त्यस्तै साइवर विभाग अन्तरगत नरेश बडुवालाई प्रमुख र उपप्रमुखको जिम्मेवारी भरत रोकायालाई दिईएको छ । महिला विभाग तर्फ संगिता विश्वकर्मालाई प्रमुख र निर्मला बुढालाई उपप्रमुख तोकिएको छ ।

रचनात्म तथा सांस्कृतिक विभाग तर्फ विपना विश्वकर्मालाई प्रमुख र करिस्मा रोकायालाई उपप्रमुख, विपदव्यवस्थापन विभाग तर्फ समुन्द्र शाही प्रमुख, पारस रोकाया उपप्रमुख रहेका छन् । त्यसै गरी खेलकुद विभाग अन्तरगत क्षितिज जंग शाही प्रमुख, खगेन्द्र विष्ट उपप्रमुख र प्रशिक्षण विभाग तर्फ मदन रोकायालाई प्रमुख र उपप्रमुखमा राजेन्द्र रावतलाई जिम्मेवारी दिईएको राष्ट्रिय युवा संघ नेपाल बाजुराले जनाएको छ ।

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub, blueprint and text

May be an illustration of blueprint, ticket stub and text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार