होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड क्षेडेदह गाउँपालिका आफ्नै नयाँ भवनमा सर्यो
समाचार

खप्तड क्षेडेदह गाउँपालिका आफ्नै नयाँ भवनमा सर्यो

  • नागरिक रैबार
खप्तड क्षेडेदह गाउँपालिका आफ्नै नयाँ भवनमा सर्यो

नागरिक रैबार/बाजुरा ७ असार।जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीय तह घोषणासंगै साविकको डोगडी गाउँ विकास समितिको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको पालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको हो ।

स्थानीय तह घोषणा भएको ६ वर्षपछि पालिकाले आफ्नै प्रसासकीय भवन निर्माण गरेर सरेको हो । नयाँ भवनमा आज पुजापाठ गरेर प्रसासकीय कामह? गर्ने गरी कार्यालय सराईएको गाउँपालिकाले जनाएको छ ।

करिव ४ करोड ७५ लाख बढीको लगानीमा पिएस कन्ट्रक्सनले निर्माण गरेको नयाँ भवनमा १५ वटा कोठा निर्माण भएका छन् । २ वर्ष अघि निर्माण कार्य सुरु भएको भवनको पहिलो तला सम्पन्न भएसंगै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गरी आजबाट पुरानो ठाउँबाट सरेको गाउँपालिकाकी उपाध्यक्ष विशुदेवि नाथले बताएकी छन् । उनका अनुसार नयाँ भवनमा समेत पालिकाका सवै शाखाहरु राखेर सेवा दिन नसकिने भएको छ ।

विज्ञापन

यसअघि साविकको डोगडी गाविसको साँघुरो भवन र केही शाखाह? दुई भन्दा बढि शाखा राखेर सेवा प्रवाह गरिरहेकाले नयाँ भवनमा सरे संगै अब सहज ?पमा सेवा प्रवाह गर्न सजिलो भएको गाउँपालिकाले जनाएृको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार