होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते
समाचार

सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते

  • नागरिक रैबार
सुदूरपश्चिमका कानुन मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाइते

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंहसहित ४ जना घाइते भएका प्रहरीले जनाएको छ । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटना स्थलमा प्रहरी टोली गएको छ । अहिलेसम्म क्षतिको विवरण न आएपनि मन्त्री सिंहसहित गाडीमा सवार सबै जना घाइते भएको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।राताेपाटी बाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार