होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने
समाचार

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

  • नागरिक रैबार
७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

२ असार, काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।उनले अगाडि भने, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’

मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताए । अनलाइन खबर बाट 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार