होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा ८ को वडा कार्यालय भवन निर्माण सुस्त गतिमा
समाचार

बुढीगंगा ८ को वडा कार्यालय भवन निर्माण सुस्त गतिमा

  • नागरिक रैबार
बुढीगंगा ८ को वडा कार्यालय भवन निर्माण सुस्त गतिमा

नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ८ को वडा कार्यालयको भवन निर्माणको काम सुस्त गतिमा भएको पाईएको छ ।

वडा कार्यालयको भवन निर्माणको जिम्मा पाएको समि टपिक ईञ्जिनियरिङ्ग कन्सल्टेन्सीले भवन निर्माणको काममा ढिलाई गरेको पाईएको हो ।

ठेकेदार कम्पनिले पटक पटक म्याद थपेर २०७९ चैत्र मसान्तभित्र भवन निर्माणको काम सम्पन्न गर्ने भनेको भएपनि म्याद थपको वर्षदिन वितिसक्दा अहिलेसम्म ७० प्रतिशत मात्र काम भएको देखिन्छ ।भवन निर्माणका लागि ठेकेदार कम्पनिले बुढीगंगा नगरपालिकासंग ५७ लाख  ३६ हजार ९ सयमा सम्झाैता गरेको थियो ।

विज्ञापन

विहिबार बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ र उपमेयर माया कुँवर र इन्जिनियर उपेन्द्र साउँदसहितको टोलीले वडा नम्वर ८ को नवनिर्मित भवनको स्थलगत अनुगमन गरेका थिए ।

No description available.

अनुगमनका क्रममा मेयर बानियाँले भवनको निर्माण कार्य सुस्त गति र गुणस्तहिन सामाग्री प्रयोग नगरेर भवन निर्माणको काम समयमै सम्पन्न गरी पालिकालाई हस्तान्त्रण गर्न निर्देशन दिएका थिए ।

No description available.

वडा कार्यालयको भवन निर्माणको जिम्मा लिएको कम्पनिले निर्माण कार्यमा ढिलाई गर्नुका साथै भवनमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको अनुगमनका क्रममा पाईएपछि उपमेयर माया खड्काले भवन निर्माणमा गुणस्तरीय सामाग्री प्रयोग गरी काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनिलाई निर्देशन दिएकी छन् ।

No description available.

भवनको निर्माणको काम गुणस्तरीय बनाउन पटक-पटक ठेकेदार कम्पनिलाई जानकारी गराउँदा समेत निर्माण कम्पनिका प्रतिनिधि रामकृष्ण पाण्डेले नवीन साउँदलाई भन्ने र नविनले बुढीगंगा नगरपालिकाका स्थानीय बिमल थापालाई सम्पर्क गर्नु भनेर बारम्बार जिम्मेवारीबाट पञ्छिने गरेको बुढीगंगा नगरपालिकाले बताएको छ ।

ठेकेदार कम्पनीले आधारभुत मापदण्ड पुरा नगरेरै भवन निर्माण गरिरहेको बुढीगंगा नगरपालिकाका इन्जिनियर उपेन्द्र साउँदले बताएका छन् ।

यता ठेकेदार कम्पनिका विमल थापाले भने काम गर्दा अलि ढिलो भएको स्वीकार गरेका छन् । तर आफुले भवन निर्माण गर्दा मापदण्ड अनुसारकै निर्माण सामाग्री प्रयाेग गरेको र आगामी असार मसान्तभित्र भवन निर्माण सम्पन्न गरेर पालिकालाइ बुझाउने बताएका छन् ।

बुढीगंगा नगरपालिकाले पालिकाका १० वटै वडा कार्यालयका भवन २०८० भित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ । अहिलेसम्म १, ३ र ५ को वडा कार्यालय भवन निर्माण भएर कार्यालय संचालनमा आईसकेका छन् । बाँकी रहेका २, ४, ६, ७, ८, ९ र १० नम्वर वडा कार्यालयहरु निर्माणको अन्तिम चरणमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार