होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू
बाजुरा बिशेष

मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू

  • नागरिक रैबार
मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू

नागरिक रैबार/बाजुरा २० मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा रहेकाे मालिका माविमा आजबाट खेलकुद सप्ताह सूरू गरिएकाे छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे खेल क्षेत्रमा आकर्षण गर्न र खेलकुदमा विद्यार्थीकाे क्षमतालाई विकास गर्ने उदेश्यले उक्त कार्यक्रम सूरू गरिएको हाे ।

विद्यालयकाे वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद सप्ताह कार्यक्रम गरिएकाे विद्यालयका प्रधानाध्यापक शुभराज पाद्यायले बताएका छन् ।

विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयले हरेक बर्ष विभिन्न  खेलकुदका कार्यक्रमकाे आयोजना गर्ने  गरेकाे छ ।

विज्ञापन

मंसिर २७ गतेसम्म  सम्म हुने खेल सप्ताहमा आधारभुत तहदेखि कक्षा १२ सम्मका विद्यार्थीले फिल्ड तर्फका  हाइजम्प, लङजम्प, स्लो साइकल, म्युजिकल चेयर, बिभिन्न दुरिका दौड, स्याक रेस, स्पुन रेस, बेलुन फुटाउने लगायत विभिन्न खेलमा  प्रतिस्पर्धा गराईने भएको छ ।

यस्तै विद्यालयले खेलकुद सप्ताह कार्यक्रमबाट बडीमालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि समेत विद्यालयबाट खेलाडी छनाेट गर्ने भएकाे छ ।

सप्ताह अवधिभर विभिन्न विधाबाट विजयी प्रतिभालाइ नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितामा सहभागी गराईने विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायकाे अध्यक्षता सूरू भएकाे खेलकुद सप्ताह कार्यक्रममा बडिमालिकाका नगरप्रमुख अमर बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि रहेका खड्काले खेलकुद सप्ताहकाे व्यानर बाचन गर्नुका साथै खेल संयाेजक मीन बहादुर अयडीलाई खेलकुदका सामाग्री हस्तान्तरण गरेर सप्ताहकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बडीमालिका नगरपालिकाका मेयर अमर बहादुर खड्काले विद्यार्थीहरूकाे खेल क्षेत्रकाे विकासका लागि खेल महत्वपूर्ण रहेको बताएका छन् ।

विद्यालयका शिक्षक कृष्ण नाथ याेगीले संचालन गरेकाे उक्त कार्यक्रमकाे स्वागत मन्तव्य शिक्षक नन्दलाल जैशीले गरेका थिए । विद्यार्थीहरूको क्षमता विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने भन्दै मालिका माविले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रम गर्दै आएकाे छ ।

खेलकुद सप्ताह कार्यक्रमकाे उद्घाटन कार्यक्रममा बडीमालिका- १,३,५,८ र ९ का वडा अध्यक्ष लगायत विद्यालयका शिक्षक लगायत विद्यार्थीहरूकाे सहभागीता रहेकाे थियाे । खेलकुद सप्ताहलाई पिएल ईन्जिनियरिङ कन्सल्टेन्सीले प्रायाेजन गरेकाे छ । 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार