होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण सूरु
समाचार

बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण सूरु

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण सूरु

नागरिक रैबार/बाजुरा २० मंसिर।जिल्ला प्रशासन कार्यालय बाजुराले यहाँका नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको छ ।

आजदेखि जिल्ला प्रशासन कार्यालय बाजुराले अनलाईन मार्फत फारम भरेका नागरिकहरुलाई छापिएर आएका राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको हो ।

२०७७ सालमा जिल्ला प्रशासन कार्यालयबाटै अनलाइन मार्फत फारम भरेका नागरिकहरूलाई ३ वर्षपछि छापिएर आएको राष्ट्रिय परिचय पत्र वितरण गर्न सूरु गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

बुधबार प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अनलाईन मार्फत फाराम भरेका गौमुल गाउँपालिकाका कलकबहादुर धामीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेर वितरण कार्यको सूरुवात गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनलाइन मार्फत फारम भरेका ३४ हजार मध्ये १३ हजार ५ सय जनाको राष्ट्रिय परिचय पत्र छापिएर आएको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर जयबहादुर ऐडीले बताएका छन् ।

राष्ट्रिय परिचय पत्र जिल्लाबाटै लिन पाउँदा पाउँदा खुशी भएको राष्ट्रिय परिचय पत्र लिन आएका सेवाग्राही कलकबहादुर धामीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले अनलाइन मार्फत परिचय पत्रका लागि फाराम भरेकाहरुलाई प्रशासनमा आएर आफ्नो परिचय पत्र लिन नागरिकहरुलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार