होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • बालिका बलात्कार कसुरमा ११ वर्ष कैद
अपराध

बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

  • नागरिक रैबार
बालिका बलात्कार कसुरमा ११ वर्ष कैद

मध्यविन्दु- पूर्वी नवलपरासी जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ ।

पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए ।

“न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासबाट बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ”, उनले भने । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा उजुरी दर्ता भएको थियो ।

विज्ञापन

उजुरीपछि २०७७ साल कात्तिक ३ गते गिरफ्तार भएका पुनलाई नवलपुर जिल्ला अदालतले कात्तिक २६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण ०७७ साल असोज २९ गते मध्यविन्दु जिल्ला अस्पताल डन्डामा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार