होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : ओली
समाचार

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : ओली

  • नागरिक रैबार
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् ।

बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाई छ ।

विज्ञापन

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।

345030545_1027587225313746_1587878218990584132_n

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार