होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिफारिस विना आएका योजनालाई जगन्नाथले कार्यान्वय नगर्ने
समाचार

सिफारिस विना आएका योजनालाई जगन्नाथले कार्यान्वय नगर्ने

  • नागरिक रैबार
सिफारिस विना आएका योजनालाई जगन्नाथले कार्यान्वय नगर्ने

नागरिक रैबार/बाजुरा १९ असार।जिल्लाको जगन्नाथ गाउँपालिकाले पालिकाको सिफारिस विना बाहिरबाट ल्याएका योजनालाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको छ ।

पालिकाको दोस्रो गाउँसभा तथा १३ औं वर्षे अधिवेशनले पालिकासंगको समन्वय र सिफारिस विना व्यक्तिगत स्वार्थसहित लाभ लिने गरि संघ र प्रदेशबाट ल्याउने जुनसुकै योजनाहरुलाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको हो ।

May be an image of 10 people and text

विज्ञापन

पछिल्लो समय हरेक योजनाहरु कमिसनको आधारमा आउने गरेको चर्चा र योजना ल्याउँदा आफु अनुकुल योजना बनाई काम नगरेरै राज्यको रकम दुरुपयोग हुने खालको गतिविधिहरुको अन्त्य गर्नका लागि गाउँपालिकाले सो निणर्य गरेको जनाएको छ ।

पछिल्लो समय संघ र प्रदेशबाट व्यक्तिगत योजना ल्याउने र काम नगरि रकम कुम्ल्याउने गलत संस्कार विकास भएपछि सुशासन कायम गर्न र राज्यको लगानीको सही सदुपयोग गर्न पालिकाले यस्तो निणर्य गरेको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । बाजुराका ९ वटा स्थानीय तह मध्ये यस्तो निणर्य गर्नेमा जगन्नाथ गाउँपालिको पहिलो हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार