होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नक्कली शरणार्थी प्रकरण-टोपबहादुर रायमाझीको बयान सुरू
देश/प्रदेश

नक्कली शरणार्थी प्रकरण-टोपबहादुर रायमाझीको बयान सुरू

  • नागरिक रैबार
नक्कली शरणार्थी प्रकरण-टोपबहादुर रायमाझीको बयान सुरू

काठमाडौं,१८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका १७ जना अभियुक्तको बयान जारी रहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी रहेको बयानमा आजपनि तीन अभियुक्तको बयान सुरु भएको छ ।

आज नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पुर्व सांसद तथा नेपाली कांग्रेसका नेता आङटावा शेर्पा र नेपाल हज समितिका अध्यक्ष शमसेर मिँयाको बयान सुरु भएको छ । हालसम्म पक्राउ परेका १७ जनामध्ये १२ जनाको बयान लिइसकेको छ ।

विज्ञापन

अब यस प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एक अर्का व्यक्तिको बयान लिन बाँकी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार