होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक
समाचार

केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक

  • नागरिक रैबार
केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि बैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई संगठन सुदृढीकरण बर्षका रुपमा अघि बढाउने र त्यसका लागि सवै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सचिवालय बैठकले नेताहरुलाई कार्ययोजनासहित जिम्मेवारी दिएर जिल्ला पठाउन लागेको हो ।

यसका साथै सचिवालय बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने गुरुङले जानकारी दिए । ‘नागरिकताको विषय र बजेटको विषयमा पनि छलफल हुन्छ’, एमालेले बजेटले मुलुकको आर्थिक समस्या सम्बोधन नहुने प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार