होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • नेपाल लोकस्टार-२ मा चार जना निर्णायक, कुमार बस्नेतदेखि ज्योति मगरसम्म
मनोरञ्जन

नेपाल लोकस्टार-२ मा चार जना निर्णायक, कुमार बस्नेतदेखि ज्योति मगरसम्म

  • नागरिक रैबार
नेपाल लोकस्टार-२ मा चार जना निर्णायक, कुमार बस्नेतदेखि ज्योति मगरसम्म

काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् ।

रामजी र कुलेन्द्र पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा रहने भएका हुन् ।

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् । उनले प्रतिस्पर्धीहरुको संगीत कौशल निखार्न सहयोग गर्नेछन् ।

विज्ञापन

नेपाल लोकस्टार ब्राण्डको स्वामित्व हिमालय टेलिभिजनले खरिद गरेसँगै शोलाई नयाँ टिम र शैलीमा ल्याउन लागिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार