होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जोमसोम विमानस्थल प्रमुख भन्छन्- ‘जहाज लोकेट भएको छैन’
समाचार

जोमसोम विमानस्थल प्रमुख भन्छन्- ‘जहाज लोकेट भएको छैन’

  • नागरिक रैबार
जोमसोम विमानस्थल प्रमुख भन्छन्- ‘जहाज लोकेट भएको छैन’

पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ ।

जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले जनाएका थिए ।

दुर्घटना भएको शंकास्पद ठाउँमा मौसम खराब छ । बादलले ढाकिएकाले हेलिकोप्टर जान नसकेको शर्माले बताए । ‘लोकेट भएकै छैन’ उनले भने, ‘पैदलमार्गबाट खोजी जारी छ ।’

विज्ञापन

यसअघि स्थानीयले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भन्ने जानकारी दिएपछि नेपाली सेना, प्रहरी र सर्वसाधारण उक्त स्थानमा खोजीका लागि केन्द्रीत भएका छन् ।

तर उक्त शंकास्पद भनिएको स्थानमा जान घन्टौं लाग्ने जनाइएको छ । पोखराबाट जोमसोम उडेको तारा एयरको कलसाईन ९ एनइटी भएको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । बिहान बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट उडेको जहाजमा चालक दलका तीनसहित १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार