होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘प्रेमगीत ३’को भारत प्रवर्द्धनमा सघाउने गोविन्दाको प्रतिबद्धता
मनोरञ्जन

‘प्रेमगीत ३’को भारत प्रवर्द्धनमा सघाउने गोविन्दाको प्रतिबद्धता

  • नागरिक रैबार
‘प्रेमगीत ३’को भारत प्रवर्द्धनमा सघाउने गोविन्दाको प्रतिबद्धता

काठमाडौं । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए ।

‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए । यसैबीच, गोविन्दा र पत्नी सुनिता आहुजाले आफ्नो सम्मान आयोजना गरिएको मिट एन्ड ग्रीट समारोहमा भाग लिए ।

सुपर डान्सर नेपालले आयोजना गरेको उक्त कार्यक्रमको जुरीको रुपमा रहेका अभिनेता भुवन केसीले पनि गोविन्दासँग भेट गर्दै नेपाली फिल्मको अवस्थाबारे जानकारी गराए ।

विज्ञापन

उक्त अवसरमा बोल्दै गोविन्दा दम्पतीले अन्य नेपाली शोमा पनि आफूहरुको उपस्थिति हुने बताउँदै नेपाली चेली र ज्वाइँको उपमा पाउँदा खुसी मिलेको बताए ।

गोविन्दा आइतबारै भारतको कोलकातामा हुने एक कार्यक्रमका लागि सपत्नी प्रस्थान गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार