होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित
समाचार

हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित

  • नागरिक रैबार
हालान्डको ह्याट्रिकमा सिटीको पुनरागमन जित

काठमाडौं । एर्लिङ हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि प्रिमयर लिगको साविक विजेता म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४-२ ले पराजित गरेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा पुनरागमन गरेको हो । जहाँ हालान्डले २० मिनेटभित्रै ह्याट्रिक गरे ।

एतिहाड स्टेडियममा चौथो मिनेटमै सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । २१ औं मिनेटमा जोचिम एण्डरसनले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे ।

विज्ञापन

क्रिस्टलले पहिलो हाफको अग्रता कायम राख्न सकेन भने सिटी दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ५३ औं मिनेटमा सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि हालान्डले खेलको ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

हालान्डले ७०औं र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे भने सिटीलाई ४-२ को जित दिलाए ।

जितपछि सिटीले चार खेलबाट १० अंक जोडेको छ । क्रिस्टल प्यालेसको चार खेलबाट ४ अंक नै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार